काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १५ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । जेठ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय बुटवलमा सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तीमा जानका लागि मर्जर समिति गठन , उपयुक्त कम्पनीको पहिचान लगाएतका सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । कम्पनीले सभाका लागि लाभांश प्रस्ताव भने गरेको छैन् ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार २ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !